स्वदेश र्फकदैछन् नेपाली युवाहरु

Thursday, January 20, 2011

0 comments

- विदेशी शिक्षा, सीप, अनुभव र दक्षता लिएर प्रगाढ आशाका साथ स्वदेश फर्किएका नेपाली युवाहरुको प्रोफाइल निर्माण गर्ने सिलसिलामा संकलित विवरणहरुको आधारमा यो लेख तयार पारिएको छ । कठिन प्रयासका बाबजुद फर्किएका सबै युवाहरु समक्ष पुग्न नसकिए पनि प्राप्त विवरणहरुलाई प्रतिनीधि युवाहरुको रुपमा लिएर विवरणहरुको विश्लेषण गर्ने जमर्को गरिएको छ ।)
हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएको सर्न्दर्भ आज बौद्धिक जगतको चासो र चिन्ताको विषय बनेको सबैलाई विधितै छ । धेरैले यस किसिमको बाहृयगमनलाई देशबाट गुणस्तरीय जनशक्तिको पलायनको रुपमा ब्याख्या गरेका छन् र यसरी शिक्षाका लागि भनी विदेशीने युवाहरुको गतिविधिलाई ँदेशको लागि अपुरणीय क्षति’ भएको रुपमा निष्कर्षनिकालेका छन् । तथापी, अहिले जुन गतिमा भूमण्डलीकरणले संसारलाई छोएको छ, त्यसले देशहरुबीचको दुरीलाई त्यत्तिकै मात्रामा न्यूनीकरण गर्दै लगेको छ । विदेशमा दीक्षित नेपाली युवाहरुको सीप र शिक्षालाई देशको क्षतिको रुपमा बुझ्नु भन्दा यस्तो शिक्षा, सीप, अनुभव र ज्ञानलाई देशको उपयोगमा कसरी ल्याउन सकिन्छ भन्ने चिन्तन निजी र सरकारी दुवै क्षेत्रले अवलम्बन गर्नु अपरिहार्य छ । विदेशी भूमीमा रहेका धेरै नेपालीहरु भावानात्मक रुपले सदैव नेपालसँगै गाँसिएका हुन्छन् र आफुले प्राप्त गरेको सीप र ज्ञानलाई देशका लागि उपयोगमा ल्याउने अवसरहरु खोजिरहेका हुन्छन् ।

नेपालीहरु विदेशीने प्रकृयासँग नेपाली राजनीतिको एउटा मात्र आशा देखिन्छ- विदेशीएका हरेक टाउकाहरुले कत्तिको व्रि्रेषण पठाउन सक्छन्- व्रि्रेषणको प्रभावकारी सदुपयोग नभइरहेको वहस नेपाली अर्थराजनीतिमा घनीभुत छलफलको सर्न्दर्भ बन्ने गर्दछ । तर त्यो एक पटक आउने निश्चित रकम भन्दा हजारौ गुणा प्रभावकारी हुन सक्ने विदेशबाट फर्किएका नेपालीसँगै प्राप्त हुने सीप, अनुभव र शिक्षाको उत्पादनशील उपयोग बाट राज्यले दर्ीघकालिन रुपमा प्राप्त गर्न सक्ने प्रतिफलबारे पटक्कै ध्यान पुग्न सकेको छैन । नेपाल भौगोलिक, प्राकृतिक र सांस्कृतिक हिसावले संसारका धेरै कम भाग्यमानी राष्ट्रहरुमध्येको एक हो । देशमा उपलब्ध प्राकृतिक स्रोत र साधनलाई दक्ष र इमान्दार जनशक्ति मार्फ अधिकतम उपयोगमा ल्याउन सकियो भने देशको विकास प्रकृयाले गुणोत्तर फड्को मार्न सक्छ ।


विदेशमा अध्ययन पुरा गरेर फर्किएका नेपाली युवाहरुको संकलित विवरण अध्ययन गर्दा के पाइएको छ भने उनीहरु प्रायः १८/१९ बर्षो उमेरमा अध्ययनका लागि विदेश पुगेका र औषत ७ बर्षो विदेश बसाइका क्रममा अध्ययनका अलावा स्थानीय सामाजिक गतिविधिमा संलग्न भई स्वदेशमै अवसरहरु श्रृजना गर्ने उदेश्य लिएर देश फर्किएका छन् । यसरी र्फकने युवाहरुको औषत उमेर ३० बर्षभन्दा कमको रहेको छ । विदेशीनु परेको कारणका रुपमा सबै उत्तरदाताको एउटै जवाफ छ- गुणस्तरीय शिक्षा र सम्मुनत देशको जीवनशैली अनुभव । विदेशबाट प्राप्त निजी उपलब्धिका रुपमा सबैले अन्तर्रर्ााट्रय स्तरको श्ािक्षालाई मात्र जोड दिएका छैनन् बरु स्थानीय जीवनशैली र कामको अनुभवलाई झन् महत्वपर्ूण्ा रुपमा उल्लेख गरेका छन् । उनीहरु विदेशमा रहँदा अध्ययन, काम, स्वयंसेवा, सामाजिकीकरण र आफ्ना नीजि शोखका विषयहरु जस्तै यात्रा गर्ने जस्ता गतिविधिहरुमा संलग्न भएको पाइएको छ । उनीहरुले नेपालमा सुरु गरेका ब्यवसाय तथा उद्यमशीलता बढी मात्रामा नवीन प्रकृतिका छन् र ती हरेक उद्यमशीलताहरुले औषतमा २० जनालाई रोजगारीको अवसर श्रृजना गरेको छ । त्यस किसिमका उद्यमशीलताहरु विशेषतः निजी र गैह्र सरकारी संस्था दुवै किसिमका छन् ।


थोरैको संख्यामा नै किन नहोस्, विदेशबाट दिक्षित भएर स्वदेश फर्किएका नेपाली युवाहरुले नेपाली भूमीमा जे जस्ता कार्यहरु गर्दै आएका छन्- अनुकरणीय छ । यसरी फर्किएका नेपाली युवाहरु आफ्नो जीवन भविष्य विदेशकै भुमीमा समेत सफलसाथ विताउन सक्ने सामार्थ्य राख्दछन न की धेरैले बुझेको जस्तो विदेशमा सम्भावनाच्यूत भएर विकल्पहीन अवस्थामा स्वदेशीएका नेपालीहरु हुन् ।
विदेशबाट र्फकेपछि कञ्चन झाले मोफसलमा बसेर युवा सशक्तिकरणका माध्यमबाट युवाहरुलाई सुमार्गमा लाग्न अभ्रि्रेरित गर्न ँसानो पाइला’ नामको सामाजिक संस्था स्थापना गरेका छन् । संस्थाले लागू औषध दर्ुर्ब्यसनीमा लागेका युवाहरुलाई छुटकारा दिलाई सामान्य जीवनमा फर्काउन गरेको प्रयास प्रशंसनीय छ । यसरी नै, केसाङ्ग शर्ेपाले पर्ुखाको पर्यटन ब्यवशायमा नवीनता पस्केर ब्यवसायको आयतन बढाउने सुरुवात समेत विदेशको सीप, अनुभव र ज्ञानको उपयोगका माध्यमबाट गरेकी छिन् । यो अध्ययनको क्रममा यस प्रकारको उद्यमशील कार्यमा संलग्न धेरै नेपाली युवाहरु भेटिएका छन् जसले आफ्नो सीप र स्रोतहरुको उद्यमशीलताको उच्चतम् प्रयोग गरेका छन् ।


सबै उत्तरदाताहरु नेपालको राजनीतिक अवस्थामा प्रगति गर्न सके थप योगदान पु-याउन सकिने कुरामा बिश्वस्त पाइएका छन् । उपयुक्त वातावरण -राजनीतिक)को अभावका कारण काम गर्ने उर्जामा समय समयमा ठेस लाग्ने गरेका तितो अनुभव पनि उनीहरुसँग छ । उनीहरुको नेपाल बर्साईलाई सन्तुष्ट बनाउन इमान्दार नेतृत्वको साथमा राजनीतिक स्थायित्व, भौतिक पर्ूवाधार, सामाजिक सुरक्षा र विधिको शासन जस्ता आधारभुत अवस्थाको श्रृजना गर्न सके थ्ाप नेपाली युवाहरु विदेशी अनुभव र शिक्षा लिएर देश र्फकने वातावरण बन्न सक्छ । देशमा लामो समय देखि विद्यमान रहेको, समस्याको जरोको रुपमा सबैले ब्याख्या गर्दै आएको ँराजनीतिक अस्थिरता’ लाई चिर्न सके अझ धेरैको संख्यामा विदेशको भुमीमा रहेका नेपाली युवाहरु उत्साहका साथ स्वदेशमा अवसर खोज्न र अवसरहरु श्रृजना गर्न स्वदेशीने सम्भावना प्रचुर देखिन्छ ।
गैरआवासीय नेपाली युवाहरुलाई देशका लागि योगदान गर्ने वातावरण श्रृजना गर्ने आधार स्तम्भ राजनीतिक स्थिरता नै हो । तथापि, यो अध्ययनले के देखाएको छ भने विद्यमान अवस्थामा पनि स्वदेश फर्किएका गैरआवासीय नेपाली युवाहरुले ब्यक्तिगत तहमा नेपाली समाजका लागि यथेष्ट योगदान पर्ुयाईरहेका छन् । यदी हामीले उपयुक्त वातावरणको लागि राजनीतिक नेतृत्वको मुख ताकेर पर्खि रहृयांै भने हामीले बाँकी जीवन पर्खेरै विताउनु पर्ने हुनसक्छ । तर्सथ नेपालको शिक्षित युवा हुनुको नाताले पनि हामीले आफ्ना कामका लागि अरुको मुख ताक्ने प्रवृत्ती छोड्नु पर्छ । देश फर्किएका गैरआवासीय नेपाली युवाहरुले एक अर्काको पहलकदमीलाई मद्दत र पर््रवर्द्धन गर्न एक साझा थलो निर्माण गर्न सकियो भने वर्तमान नेपालका लागि त्यसले उर्जाको नयाँ तरङ्ग पैदा गर्दै उज्यालो नेपालको मार्ग प्रशस्त गर्न सक्छ ।

प्राकृतिक स्रोतको भौगोलिक वितरण

0 comments

राजनीतिक गतिरोधको गाँठो नफुस्िकए पनि नयाँ नेपालको खाकाबारे बहस चलिरहेकै छ । परविर्तनको सँघारमा उभिएको मुलुकलाई कस्तो रूपरेखा दिने ? यस विषयले अझै निकास पाउन सकेको छैन । राज्यको पुनःसंरचना गर्दा त्यसको रूपरेखा कसरी तयार गर्ने, स्थानीय प्राकृतिक स्रोत र साधनको न्यायोचित बाँडफाँट कसरी गर्नेजस्ता कुरा समस्याकै रूपमा जेलिएका छन् । यिनै समस्या समाधानका लागि सहयोगी हुन सक्छ फरेस्ट एक्सन नेपालले हालै प्रकाशन गरेको पुस्तक, नेपालमा प्राकृतिक स्रोतहरूको भौगोलिक वितरणको अवस्था ः नयाँ नेपाल संरचनाको एक आयाम ।

वर्तमान राजनीतिक मुद्दासँग सम्बन्धित थुप्रै विषयहरू समेटिएकाले हुनसक्छ, भूमिकामै 'भूत लाग्नु र झाँक्री आइपुग्नु सँगै भयो' भनी पुस्तकको सान्दर्भिकतालाई स्पष्ट पारएिको छ । जैलबकुमार राईले लेखेको यस पुस्तकले नेपालको भौगोलिक, प्राकृतिक, प्रशासनिक, औद्योगिकलगायत क्षेत्रका बारेमा सचित्र विवरण पेस गरेको छ । नयाँ नेपालको खाका तयार गर्न सहयोगी हुनसक्ने प्रशस्तै आधारहरू छन्, पुस्तकमा ।

विश्वको ०.१ प्रतिशत भूक्षेत्रलाई नेपालले ओगटेको छ । तर, यो सानो परििधभित्रको जैविक, भौगोलिक र सांस्कृतिक विविधताले विश्वकै प्रतिनिधित्व गररिहेको छ । ८ हजार ८ सय ४८ मिटर उचाइको विश्वकै सर्वोच्च सगरमाथादेखि ६३ मिटरको समथल भूभाग यसभित्र अटाएको छ । हिमाल, पहाड, तराई, खोलानाला, ताल, वनजंगल, सिमसारजस्ता प्राकृतिक स्रोतको अपार भण्डार नै हो, नेपाल । तर, यहाँको प्राकृतिक स्रोत-साधनको खासै सदुपयोग हुन सकेको छैन । ठीक यही घडीमा नेपालको भूगोललाई राजनीतिक रूपमा विभिन्न संघीय एकाइमा विभाजन गरी राज्यको पुनःसंरचना गर्ने अभ्यास भइरहेको छ । तर, यस मुद्दाभित्र जति मात्रामा नागरकि तथा राजनीतिक अधिकारबारे बहस उठाइएको छ, त्यति नै प्राकृतिक स्रोत, साधन र वातावरणको विषयमा आमबहस भएको पाइँदैन । यिनै सन्दर्भहरूलाई खोतल्दै पुस्तकमा प्राकृतिक स्रोत-साधनबारे व्यापक प्रकाश पारएिको छ ।

'नेपालमा प्राकृतिक स्रोतहरूको अवस्था र न्यायोचित वितरणको सवाल' शीर्षक अन्तर्गत पुस्तकमा खेतीयोग्य जमिन, वनजंगल, जलस्रोत, खनिज पदार्थ र अन्य प्राकृतिक स्रोतहरूको तथ्यांक र अवस्थाबारे जानकारी दिइएको छ । पुस्तकको दोस्रो अध्याय 'नक्सामा प्राकृतिक स्रोतहरू' अन्तर्गत नेपालका विभिन्न भौगोलिक क्षेत्रहरूमा पाइने प्राकृतिक स्रोतहरूलाई जिल्लागत रूपमा ६७ वटा नक्सामार्फत देखाइएको छ । खेतीयोग्य जमिन, अबल जमिन, दोयम जमिन, सिम जमिन, खेती गरएिको, खेती नगरएिको, चरन, खर्क क्षेत्र, अन्य प्रकारको जग्गा, सुक्खा जग्गा आदिबारे छुट्टाछुट्टै पृष्ठमा सचित्र उल्लेख गरएिको छ, पुस्तकमा । यसैगरी विभिन्न जिल्लामा उत्पादन हुने नगदे बाली, जडीबुटी, अन्नबालीलाई पनि सचित्र प्रस्तुत गरएिको छ । भूमिकर संकलनको अवस्था, भूमिस्रोतको अवस्था, अन्नबाली, नगदेबाली र भूमिकर स्तरीकृत मानंकको अवस्था, वनक्षेत्र, विभिन्न प्रजातिका बोटबिरुवा र क्षेत्रगत रूपमा पर्यटक घुम्न आउने तथ्यांक एवं अवस्थालाई समेत चित्रसहित प्रस्तुत गरनिु पुस्तकको विशेषता हो । पुस्तकले कुन क्षेत्रमा कति विद्युत् ऊर्जाशक्ति छ, विद्युत् ऊर्जाशक्तिको वितरणको अवस्था कस्तो छ भन्नेलगायत सिञ्चित जमिनको वितरणको अवस्थाबारे पनि जानकारी दिएको छ । प्राकृतिक स्रोतका आधारमा मात्र होइन, प्रशासनिक क्षेत्रका आधारमा पनि विभाजन गरेर त्यसको अवस्था र तथ्यांक पुस्तकमा सचित्र प्रस्तुत गरनिु पुस्तकको दरलिो पक्ष हो ।

पुस्तकको तेस्रो खण्डमा प्राकृतिक स्रोतहरूलाई राज्य पुनःसंरचनासँग छुट्याएर हेर्दा आवश्यक पर्ने कुराहरूलाई बुदाँगत रूपमा समेटिएको छ । प्राकृतिक स्रोतहरूको वैज्ञानिक अध्ययन गरी यिनीहरूको आर्थिक सम्भाव्यता थाहा पाउनुपर्ने, प्राकृतिक स्रोत विनाशका कारणहरू पत्ता लगाएर रोकथाम तथा संरक्षणको उपाय अपनाउनुपर्ने, प्राकृतिक स्रोत मानव उपयोग र मूल्यका लागि मात्र नभएर प्रकृतिकै लागि पनि संरक्षण गरनिुपर्नेलगायतका कुराहरू आँैल्याइएको छ । यसैगरी राज्य पुनःसंरचनाको प्रक्रियामा संवैधानिक प्रावधानको रूपमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने कुरालाई पनि बुँदागत रूपमा समेटिएको छ । लेखकले संघहरूबीच प्राकृतिक स्रोतको बाँडफाँट र उपलब्धतामा ठूलो अन्तर हुन नहुने, सम्पूर्ण नागरकिलाई देशमा उपलब्ध प्राकृतिक स्रोतबाट प्राप्त हुने लाभको न्यायिक तथा समन्यायिक वितरणको सुनिश्चितता हुुनुपर्ने, प्राकृतिक स्रोतको व्यवस्थापन तथा उपयोगमा नागरकि सर्वोच्चता हुनुपर्नेजस्ता कुरा किटान गरेका छन् । प्राकृतिक स्रोतसँग परम्परागत ज्ञानको पहिचान, सम्मान तथा संरक्षणको सुनिश्चितता, आदिवासी जनजाति, दलित, महिला, पिछडिएका, अपांगजस्ता समुदायका लागि सकारात्मक विभेदको नीति अवलम्वन गरनिे कुरा सुनिश्चित हुनुपर्नेलगायतका कुराहरू उल्लेख गरएिको छ ।

राज्य पुनःसंरचनाका लागि पुस्तकले सहयोगी भूमिका खेल्न सक्नेमा कुनै शंका छैन । साथै, यस विषयमा रुचि राख्नेहरूका लागि त झनै उपयोगी हुनेछ । पुस्तकमा विभिन्न सन्दर्भ स्रोतको उपयोग गरेर गहिरो विश्लेषणसमेत गरएिको छ । समस्या, सम्भावना र समाधानजस्ता तीनै पक्षलाई समेट्नु पुस्तकको अर्को आकर्षक पक्ष हो ।


परिवर्तनका चाहना र राजा पछि नेपालको भविष्य

0 comments

राजा जाँदैछन्, गणतन्त्र आउँदैछ। यो पक्कै पनि परिवर्तनको संकेत हो। तर के यो परिवर्तनले आम नेपालीलाई समेट्न सक्ला? के यसले आम नेपालीका अनगिन्ति सपनाहरूलाई पुरा गर्न सक्ला? के आम नेपालीको आकांक्षा, सपना र कतिपय पार्टी तथा व्यक्तिहरूले बढाइदिएको महत्वकाक्षी चाहनालाई सम्बोधन गर्न सक्ला? राजा ज्ञानेन्द्रको एउटा महत्वकांक्षाले २५० वर्षको राजतन्त्र धरापमा परेको छ। तर हालमा पार्टी, जाति, धर्म, क्षेत्र विशेषको नेतृत्व गर्नेहरूमा देखिएको महत्वकांक्षा र उनीहरूले आम नेपालीलाई बाँडेको असिमित सपनाहरू र महत्वाकांक्षी भावनाहरूलाई रोक्न वा पुरा गर्न सकिएला? मधेशलाई तत्काल एक प्रदेश चाहिएको छ, सेना, प्रहरी, कर्मचारी सबैतिर समान सहभागिता चाहिएको छ। कालीकोट, हुम्ला र बाजुराका आम जनतालाई भुखमरीबाट बच्ने उपाय चाहिएको छ। जनजातिहरूलाई भाषा, संस्कृति र पहिचान सहित आत्म निर्णयको अधिकार सम्पन्न राज्य चाहिएको छ। कसैलाई जातका आधारमा, कसैलाई वर्गका आधारमा, कसैलाई धर्मका आधारमा, कसैलाई क्षेत्रका आधारमा, कसैलाई ऐतिहासिक थलोका आधारमा राज्य चाहिएको छ। राज्यमात्र होइन त्यसका लागि आवश्यक पूर्वाधारहरू पनि उत्तिकै आवश्यक छ। शिक्षा, स्वास्थ्य, विजुली, पानी, बाटोघाटो, शान्ति-सुरक्षा, विकास, रोजगारी पनि सबैलाई चाहिएको छ। अनि, पार्टी र नागरिक समाजका नेता भनाउँदा तथा पत्रकार र बुझक्कड ठानिएका शहरीया पढेलेखेका सबैले गणतन्त्र आउनासाथ वा नयाँ व्यवस्था हुनासाथ यी सबै कुराहरू तुरून्त पुरा हुन्छन् भनेर अनावश्यक रूपमा एकोहोरो ढाँटिरहेका छन् र जनतालाई महत्वाकांक्षी हुन सिकाइरहेका छन्। भोलिका दिनमा यसको परिणाम भयावह हुन सक्छ भन्ने उनीहरूलाई थाहा छ तथापी सत्य कुरा बोल्न चाहिरहेका छैनन् वा भ्रमको राजनीतिमा आफुलाई र आफ्नो पार्टीलाई बलियो बनाउने खेलमै मस्त छन्।
ज्ञानेन्द्र नारायणहिटीबाट निर्मल निवासमा सर्दा काठमाडौंका जनता, पत्रकार, पढेलेखेका जमात, पार्टीका नेता-कार्यकर्ता र गणतन्त्रका पक्षधरहरूले परिवर्तनको महशुस गर्ने नै छन्। खुशीयाली मनाउने छन्, पटका पट्कने छ। जुलुस, अवीर जात्रा, पार्टी, भोज भतेर पनि होला तर नेपालका आधा भन्दा बढी जनसंख्यालाई यो परिवर्नतसँग प्रत्यक्षरूपमा कुनै सरोकार हुने छैन। रोग-भोक, गरिबी, अशिक्षा, वेरोजगारी, महङ्गी र असुरक्षालाई नयाँ परिवर्तनले कसरी हेर्ला? जनताले उनीहरूको दैनिक जीवन चर्यामा परिवर्तन आइरहेको छ र राज्यले हामीलाई हेरिरहेको छ, हाम्रो लागि काम गरिरहेको छ भन्ने महशुस कसरी गर्लान्? आशाहरू धेरै छन्। जताततै अभावका पहाड उभिएका छन्। पीडाहरू अथाह छन्। जनतालाई राज्यले दिनु पर्ने धेरै कुराहरू छन्। यसै गरिबी, अभाव, आशा, चाहनामाथि राजनीति भइरहेको छ र उनीहरूलाई बढी महत्वाकांक्षी बनाइदैछ। यसले कस्तो परिणाम ल्याउला वा यसलाई सम्बोधन गर्न सकिएला र उन्नत, सुन्दर नेपालको सृजना होला; त्यो भोलिका दिनमा हेर्न पाइने नै छ।
तर, जनतालाई आधारभुत परिवर्तनको महशुस दिलाउन सकिएन भने वा उनीहरूको महत्वकांक्षालाई कम गर्न सकिएन भने त्यसले निम्त्याउने भयावह परिणामको लागि नेपाली जनता तयार हुनु नै पर्नेछ। विगत १२ वर्षसम्म राजनीतिक पार्टीहरूले गरेका गल्तिहरूका कारण राजा ज्ञानेन्द्रको जन्म भएको हो। राजालाई गालीमात्र गरेर वा ज्ञानेन्द्रलाई हटाएर आफुले गरेका गल्तिलाई ढाकछोप गर्न मिल्दैन र पाइँदैन। जनआन्दोलनका क्रममा सुध्रने वाचा गरेका कारण राजनीतिक पार्टीहरूलाई जनताले समर्थन गरेका हुन्। तर, विगत दुई वर्षको अनुभवले पार्टीहरू र उनका नेताहरू सुध्रेको कुनै विशेष लक्षण देख्न पाइएको छैन। भोलिका दिन उनीहरूको व्यवहार कस्तो हुन्छ, त्यो हेर्न बाँकी नै छ तर बिहानीले दिनको संकेत गर्छ भन्ने मान्यतालाई विश्वास गर्ने हो भने बिहानी त्यति सुखद देखिएको छैन।
हामीले जहिले पनि हाम्रा कमजोरीलाई लुकाउन खोजेका छौं। हामीमा रहेका कमजोरी लुकाउनलाई अरूलाई दोष दिएर आफु चोखो बन्ने प्रयास गरेका छौं। हामीले हाम्रा कमजोरी, खराबीलाई लुकाएर जनतालाई झुक्याउन खोजिरहेका छौं। एमाले वा कांग्रेस हार्नुका पछाडि आफ्ना कमजोरी वा विगतका गल्तिहरूको समीक्षा पटक्कै गरिएको छैन बरू उनीहरू हार्नुको एउटै दोष माओवादीको डर-धम्की भनिएको छ। ठीक त्यसै गरि जसरी प्रजातन्त्र अपहरण गरेका राजालाई सारा देश विग्रिएको दोष लगाइयो तर आफुहरूले १२ वर्षसम्म गरेका गल्ति कमजोरीको न त कुनै समीक्षा गरियो, न त कुनै आत्मालोचना वा भविष्यमा गल्ति नगर्ने प्रतिवद्दता नै दोहोराइयो। धुँवा देखिनलाई आगो लागेको हुनु पर्छ, तर हामीले आगोका वारेमा कुनै कुरा र चर्चा गर्दैनौ तर धुँवाको वारेमा ठूला-ठूला बहस गर्छौ। राजाको कदम आफैमा अप्रजातान्त्रिक, अलोकतान्त्रिक र तानाशाही थियो तर त्यसको लागि बाटो बनाइदिनेहरूले आफ्ना कमजोरीका वारेमा आजसम्म समीक्षा गरेका छैनन्। तानाशाह जन्मिनका लागि बाटो बनाइदिनेहरूले आफुले बनाइदिएको बाटोको बारेमा बहस गर्दैनन् र त्यसलाई नराम्रो पनि ठान्दैनन् तर तानाशाहलाई गाली गरेर आफ्नो राजनीतिलाई निरन्तरता दिन खोज्छन्। त्यसैका नाममा आफुलाई चोखो बनाउने कोशिस गर्छन्।
राजा ज्ञानेन्द्रको पतनले अर्को राजा जन्मदैन भन्ने ग्यारेन्टी गर्ने जिम्मा पार्टीहरूको हो। राजा नभए, प्रजातान्त्रिक पद्दतिबाट चुनिएर आउनसक्ने अन्य तानाशाहको बाटो रोक्ने काम पार्टीहरूको हो। आफु नसुध्रने तर अरूलाई सुध्र भनेर अर्ति दिन पाइन्न। जथाभावी ‘मह’ वा गुलियो पोखेपछि त्यसमा कमिला वा किरा त लाग्छ नै। त्यसकारण आफ्ना कमजोरी, गल्तिहरूलाई केलाउने प्रयास सबैबाट हुनु पर्छ। यो काम कुनै राष्ट्रिय पार्टीको मात्र होइन, प्रत्येक संघ-संस्था, साना दल, नागरिक समाज, पत्रकार, कर्मचारी, विद्यार्थी, धार्मिक संस्था, व्यक्ति विशेष वा विभिन्न माग राखेर आन्दोलन गरिरहेका संगठनहरूको पनि हो।
बेलायतले २०० बर्ष भन्दा बढीको प्रजातान्त्रिक अभ्यास गरेर यहाँसम्म आइपुगेको छ। तथापि चुनौतिहरू समाप्त भइसकेका छैनन्। भारत पनि ५० वर्षको प्रजातान्त्रिक अभ्यासपछि यो अवस्थामा आइपुगेको छ र आर्थिक उन्नती गर्दैछ तर त्यहाँ पनि तमाम समस्याहरू छन्। ५० वर्ष पछि पनि जात, धर्म वा सम्प्रदायको नाममा झगडा, दंगा हुँदैछन्। आरक्षण पाउनु पर्ने र दिन नहुनेमा अहिले पनि मारामार चलिरहेकै छ। भाषिक, जातीय, लैङ्गिक वा वर्गीय विभेदलाई सम्बोधन गर्न सकिएको छैन जसले गर्दा भारत सरकारले चाहे जति प्रगति गर्न सकेको छैन। शिक्षाको हालत केही दक्षीणी राज्यलाई छाडिदिने हो भने नाजुक नै छ। धर्म, क्षेत्र वा भाषाका नाममा हुने राजनीतिले भारतलाई खोक्रो पारेको छ। केही अगाडि जयपुरमा भएको बम विस्फोटको घटनालाई लिएर बंगलादेशीहरूलाई भारतबाट खेदिदैछ र त्यसको मारमा केही भारतीय बंगालीहरू पनि परेका छन्। भाजपा यसको दोष मुसलमानहरूलाई लगाएर कडा सुरक्षा व्यवस्था पार्नु पर्ने र कडा कारवाही तथा व्यवहार गर्नु पर्ने माग गर्दछ। तर प्रदिप बोस जस्ता ‘समाज विज्ञान’का धुरन्धरहरू भने बढ्दो दक्षीणपन्थी कट्टर हिन्दूत्व र बाबरी मस्जिद, गुजरात काण्ड जस्ता घृणित कामले कतिपय मुसलमान युवाहरू राष्ट्रिय मुख्य धाराबाट बाहिरिएको र उनीहरूलाई अरू कसैले प्रयोग गरिरहेको हो भन्ठान्छन्। उनीहरूका विषयमा ‘विदेशी हात, आतंकवाद वा मुसलमान भनेर फत्फताउन जरूरी छैन, बरू ती युवाहरू किन बाहिर गए, कसका कारणले गए र कसरी राष्ट्रिय मुलधारमा ल्याउन सकिन्छ त्यसको समीक्षा गर्न जरूरी भएको र आफैमा भएको कमजोरी र आफुले गरेका गल्तिहरू केलाउनु पर्ने सुझाव दिन्छन्।
हुन पनि भाजपाले आफुले गरेका कैयौं गल्तिलाई ढाकछोप गर्छ र अरूलाई दोष देखाएर आफ्नो राजनैतिक स्वार्थ पुरा गर्छ। यही परम्परा नेपाली राजनीतिमा पनि भित्रीरहेको छ। ‘बुढी मरी भनेर चिन्ता गर्नु भन्दा पनि काल पल्क्यो भनेर चिन्ता मान्नु पर्ने स्थिति आइरहेको छ। गल्ति हुन्न भन्ने होइन, तर गल्ति महशुस गर्न सक्नु पर्छ र ती गल्ति नदोहोर्याउने प्रतिवद्दता जनाउन सक्नु पर्छ र आफुलाई सुधार्दै लग्न सक्नु पर्छ। आफ्ना कमी कमीजोरीहरू केलाउन र गल्ति भएको भए स्वीकार्न सक्नु पर्छ। अरूलाई गाली गरेर, अरूलाई दोष दिएर र आफुलाई निर्दोष देखाएर समस्याको समाधान हुँदैन। आफुलाई पनि इतिहासको कठघरामा उभ्याएर परीक्षण गर्न सक्नेहरूले नै देश हाँक्न सक्छन्, जनताको मन जित्न सक्छन्। क्षणिक प्रगति वा सत्ता प्राप्तिका लागि गरिने राजनीतिले दीर्घकालीन रूपमा देश र जनतालाई घाटा बाहेक केही हुने छैन।

लोकतान्त्रिक नेपालको भविष्य: चिन्ता र चिन्तन

0 comments
४ महिना अघि सम्पन्न संविधानसभाको निर्वाचन र परिणाम र सोही आधारमा भर्खरै गठित नेपाल सरकारको वामपन्थी वर्चस्वको स्वरूपले , नेपाललाई नेपालको इतिहासमै पहिलो पटक कम्युनिष्टहरूको जनवादी गणतन्त्रात्मक राजीतिक पद्दति शासित मुलुकमा रूपान्तरित हुने मोडमा खडा गरिदिएको छ । नेपाली राजनीतिमा बिगत अढाइ दशकदेखि प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा नियन्त्रण कायम गरिरहेको राजतन्त्रको विधिवत अन्त्य संगै, राजतन्त्र र परम्परागत शक्तिप्रति वफादार रहेको मानिएको नेपाली सेनाको मनोबल धराशायी बनेको छ र ऊ नया क्रान्तिकारी सरकारको राजनीतिक तजबीज र उद्देश्य निर्देशित कार्यक्रमको मूक प्रतिक्षामा निरिह उभिएको प्रतित हुँदैछ । परम्परागत दक्षिणपन्थी शक्ति मनसून पूर्व नै कोशीको नदीको भेल-कटानमा बगेको जस्तो देखिन्छ भने क्रान्तिकारीहरूलाई मूलधारको राजनीतिमा ल्याएको भुलभुलैयामा मख्ख राजनीतिक मध्यधारको प्रतिनिधिपात्र नेपाली कांग्रेस माओवादी उपयोगितावादको चाल नचिनेर चुसिएको उखु जस्तो किनारमा थुप्रिएको छ । उसको भूमिका संविधानसभाको निर्वाचन सम्पन्न गराएर खारेजीमा परी निवृत्त बन्न वाध्य भएको कर्मचारीको जस्तो देखिएको छ ।

आधुनिक नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस नामको दलको सबैभन्दा ठूलो योगदान छ भन्नुमा अत्युक्ति छैन । राणाहरू बिरुद्द क्रान्तिको परिचालन र नेतृत्व गरेका कारणले। तीन दशक भन्दा लामो राजाको प्रत्यक्ष शासनको निगरानीमा हुर्काइएको पञ्चायत नामको राजकीय व्यवस्था बिरुद्द कहिले सशस्त्र र अहिंसात्मक लडाई लडेर नेपाली कांग्रेसले बहुलवादी उदारवादी लोकतन्त्रका पक्षमा प्रतिनिधिमूलक ढंगले खबरदारी गरिरह्यो भने त्यही खबरदारी गर्ने कामको पारिश्रमिक पनि पञ्चायतको अवसाननसंगै सत्तासीन बनेर लिन सफल भयो । तर अपसोस , तानासाही बिरुद्दको लडाईँहरूमा नेतृत्व दिन र विश्वमान्य बहुमतीय उदारवादी प्रजातन्त्रका पक्षमा निशंकोच अडिग भएर समर्पित रहन सक्ने विशिष्ट गुणका वावजूद नेपाली कांग्रेसले आँफू भित्रको आन्तरिक प्रजातन्त्रलाई मजबूत बनाउने काममा र आँफू सत्तासीन भएका बखत मुलुकलाई सुशासन दिने वा जनताका आकांक्षाहरू समवोधन गर्ने काममा भने आँफूलाई सदैव अत्यन्त दूर्बल मात्र कायम राख्यो । साथै, मुलुक र मुलुकवासी जनता सदैव यथास्थितिवादी हुन्छन् अनि आफ्नो प्रजातान्त्रिक पद्दतिप्रतिको समर्पण भावका कारण मात्र सँधै सत्ताको सुखमा ढलीमली गर्ने भाग्यशाली बन्न सकिन्छ भन्ने कमजोड राजनीतिक गणित पनि कालान्तरमा कांग्रेसको भाग्यमा प्रत्यूत्पादक बन्न पुग्यो, जुन उसलाई पत्तै भएन ।

इतिहास विजेताहरूको घोडा हो । ६ दशक अगाडि राणा बिरुद्द क्रान्ति छेडेर नेपाली कांग्रेसले आँफूलाई नेपाली राजनीतिको सर्वाधिक प्रभावशाली शक्तिको रूपमा प्रक्षेपण गरेको थियो । तर राजनीतिक व्यक्ति वा समूह जो कसैले पनि आँफूलाई समयको गतिमा प्रवाहित गर्न चाहेनन् वा सकेनन् भने , त्यो अग्रस्थान कुनै अर्को शक्तिलाई नचाहेर पनि छाड्नु पर्छ । राणाशासन बिरुद्दको आन्दोलन पछिको राजनीतिक अस्थिरताको दशक र त्यसपछि सम्पन्न आम चुनावमा नेपाली कांग्रेसको भीषण विजयलाई आफ्नो राजनैतिक महत्वाकांक्षामा वाधक ठानेका राजा महेन्द्रले "नेपालमा कम्युनिष्ट शासन उत्तरतिर बाट बस चढेर आउन सक्दैन" भन्ने उक्तिका साथ 'कांग्रेसी शक्तिलाई क्षय पार्न कम्युनिष्ट बढाऊ' भन्ने सोचका साथ अघि बढाए । तर , 'पुनर्मुषिको भव:' ( फेरि मुसो भएस् ) भन्ने कथाको मुसोले बाघ बनेपछि आँफूलाई बाघ बनाइदिने ऋषीको नै पहिलो शिकार गर्न खोजे जस्तो, कुनै बेला दरबारको नर्सरीमा हुर्केको नेपाली ' कम्युनिज्म' ले दुई पुस्ता पछि गएर राजतन्त्र नै हजम गरिदिने बिडम्बनाकारी परिदृस्य खडा गरिदियो । चरम गरीबी, पछौटेपन, जातिवाद , भारत बिरोधको राष्ट्रवाद र भावुकताको नारामा रम्ने हामी नेपालीहरू आज कहीँ कम्युनिष्टहरूले लगाएका ' सबै विकृतिहरू हटाइदिन्छौँ ' भन्ने चमत्कारी नारामा रमेर अनि कहीँ कथित लोकतान्त्रिक ठानिएका कांग्रेस जस्ता दलहरूको अकर्मण्यता र असक्षमताका कारण, जनवादी गणतन्त्रको संघारमा पुर्याइएका छौँ ।

भनिन्छ राजा त नागार्जुनमा बसाइँ सरेर जनता बने । तर, अब अवसानको नियति भोग्ने पालो को र कसको हुने हो धेरै अनिश्चितता छ नेपालमा । नेपाली जनताले नेपाली कम्युनिष्टहरूलाई बहुमत दिएर एउटा परीक्षण गरेका छन् र मुलुकमा चमत्कार नै ल्याउँछौँ भन्ने क्रान्तिकारी कम्युनिष्टहरूको नेतृत्वमा कम्युनिष्ट बहुमतको सरकार गठन हुन पुगेको छ । यस्तोमा लोकतन्त्रको नेपाली मोडेललाई उकेरा दिइरहन अनि कम्युनिष्ट जन- गणतन्त्रको तानाशाही बाटोमा जानबाट मुलुकलाई रोक्न कांग्रेस वा यस्तै बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको उपस्थिति भने नेपालका लागि अरू टड्कारो रूपमा जरूरी छ, पहिला भन्दा पनि अझ बढी । उदारवादी बहुलवादी प्रतिस्पर्धाको विश्वमान्य मान्यतालाई अंगिकार गर्दै, आर्थिक र सामाजिक परिवर्तनका पद्दतीय चमत्कारहरू गर्नबाट नया नेपालमा कसैले रोकिनु हुन्न , तर "हाम्रो लक्ष्य त जनगणतन्त्र हो , अहिलेको संविधानसभालाइ त केवल रणनीतिक उपयोग मात्र गरिएको हो " भन्ने जस्ता खुल्लम-खुल्ला अभिव्यक्ति स्वयं शीर्षस्थहरूले दिइरहँदा " अहिलेको संसारमा कसैले यसो गर्न सक्छ? " भनेर उसको उद्देस्यपुर्ण घोषणालाई कमजोर ठानेर बुझ्न खोज्ने हाम्रो बुझाइ कुन बढी पाखण्डी थियो भन्ने कुरा केवल इतिहासले आँकलन गर्ला ।

तर पनि दोस्रो विश्वयुद्द यताका तानशाह बिरुद्द गरिएका वा छेडिएका ९५% भन्दा बढी पपुलर क्रान्तिहरूको नियति अर्को झन क्रूर तानाशाही पद्दतिको जग राख्नका लागि बन्न पुगेको थियो भन्ने सत्यलाई देख्ने हो भने , हामीले त्यो बाँकि ५% भित्र पुग्न सो्च्नै पर्छ ।

'हरेक लेखक समालोचक पनि हो'

0 comments
गनेपाली भाषा र नेपालभाषाको साहित्यमा के कस्ता समानता र के कस्ता अन्तरहरू छन् ?
-नेपाली भाषा र नेपालभाषाका साहित्यहरू, दुवै एकै राष्ट्र नेपालका एउटै हावापानी, एउटै अवस्था-व्यवस्था, एउटै स्थिति-परिस्थितिमा अर्थात् एउटै राजनीतिक, आर्थिक, राजकीय संस्कारमा हुर्की बढेका नागरिकका साधनाका उपज हुन् । दुवै एउटै राष्ट्रव्यापी समाजको सुख, शान्ति, समुन्नतिको एउटै भिजन अन्तर्गत एउटा मूलभूत साध्यको खोजीले निर्देशित छन् । भाषा मात्रै अलग-अलग भएर हो, नत्र दुवै राष्ट्र-साहित्य हो । नेपाल भाषाभाषीले नेपालीमा लेखिएको साहित्य नेपाली भाषाको साहित्य भएको छ भने नेपाली वा अन्य भाषाभाषीले नेपालभाषामा लेखिएको साहित्य पनि नेपालभाषाको साहित्य भएको छ । विधाको दृष्टिले हेर्ने हो भने पनि नेपालभाषामा गीत-सङ्गीत दोहा-चौपाइदेखि लिएर खण्डकाव्य, महाकाव्य, फुटकर कविता, हाइकु, मुक्तक अनि समस्यापूर्ति पनि नेपाली भाषामा जस्तै लेखिएका छन् । विषयवस्तुको हिसाबले हेर्ने हो भने पनि भक्ति, रति, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदिदेखि देशमा चलेका आन्दोलन, द्वन्द्व आदि विषय पनि लेखिएका छन् । पत्रपत्रिका पनि पाक्षिक, मासिक आदि आब्धिक उस्तै प्रकारका प्रकाशित छन् । विधि-संविधान, रचनागत संरचनाको हकमा पनि युग अथवा समयअनुसार फेरिादै, बदलिादै, नयाा रूप, रङ्ग, ढााचा, बनोट लिादै आइरहेका छन् । जीवन-जगत्को अवलोकन निरीक्षण, त्यसप्रतिको धारणा-अवधारणा समयसापेक्ष भएर आइरहेका छन् र अभिव्यक्ति, अभिव्यञ्जना र उपमान-उपमेय, बिम्ब, प्रतीक आदिको प्रयोग पनि नेपाली साहित्यमा सरह नै समयअनुसार उस्तैउस्तै भएर आइरहेका छन् । खालि अन्तर के छ भने यसको पृष्ठभूमिमा, स्वाभाविकरूपले रचना गर्ने नेपाल भाषाभाषीको समाजको, संस्कृतिको वस्तुस्थिति प्रतिबिम्बित भइरहेको हुन्छ, मानसिकता क्रियाशील हुन्छ । अर्को अन्तर भनेको भाषाको प्रकृतिअनुसार अभिव्यक्ति, अभिव्यञ्जनाको शैली हो, ढााचा हो, छााट छन्द हो । अझ अर्को अन्तर भनेको नेपाली भाषाको साहित्यमा बेलाबखतमा हुने, भई आएजस्तो प्रयोगात्मक चिन्तन वा सुधारवादी आन्दोलनहरू नहुनु हो ।
गविकासको दृष्टिले नेपालभाषा साहित्यको स्थिति कस्तो छ ?
-असन्तोषपूर्ण छैन । कविता र कहानीको क्षेत्रमा सङ्ख्यात्मक र गुणात्मक हिसाबले उल्लेख्य विकास भएको छ । उपन्यास र नाटकको क्षेत्रमा गुणात्मक विकास भएकै छ । निबन्ध-प्रबन्ध र आलोचना-समालोचना क्षेत्रमा भइरहेको विकास उल्लेखनीय नै छ ।
ग साहित्यका विविध विधामध्ये कुन विधामा योगदान पुर्‍याउन सकेको जस्तो
लाग्छ ? कसरी ?
-दुई-चार दशकयतादेखि देखापर्न थालेका रचनाबाट कविता-कहानी-निबन्ध क्षेत्रमा समयसापेक्ष विशेष योगदान गरेको देखिएको छ । तिनीहरूबाट नया सीप र शैलीको प्रस्तुति र प्रतिस्थापना हुन आउनका साथै विद्यमान वस्तुस्थितिलाई हेर्ने दृष्टिकोणमा नया प्रवृत्तिको विकास भई अग्रगामी चिन्तन र मननको अभ्यास भएको छ । भाषा साहित्यको परम्परावादी परिपाटीमा यो एउटा स्वभावतः परिवर्तनकारी योगदान हो ।
ग शारदाकालीन साहित्य र वर्तमान नेपाली साहित्यमा के कस्ता अन्तर पाउनुभएको छ ?
-शारदाकालीन साहित्य भनेको २००७ सालको अगाडिको साहित्य हो जब 'प्रजातन्त्र' भन्ने शब्दको 'प्र.' को उच्चारण नै देशका वासिन्दाको लागि एक किसिमले 'ट्याबु' अर्थात् रोक लागेको शब्दको उच्चारण थियो । त्यो बेला एउटा गतिलो पत्रिका चलाउनलाई एकातिर सत्ताधारीको क्रिपापूर्ण निगाहको आराधना गरिरहनुपथ्र्यो भने अर्कोतिर साहित्य रचना गर्नेहरूलाई 'साहित्य सङ्गीत कलाविहीन साक्षात् पशु पुच्छ विषाणहीन' भन्दै खुशामद गरिरहनुपथ्र्यो । त्यसैले त्यो बेलाको साहित्य सुरक्षाको दृष्टिले अगाडि-पछाडि, दायाबाया हेरी तथा भित्ताको पनि कान हुन्छ भन्ने बुझी चनाखो साथ लेखिने विशुद्ध प्रकृतिको साहित्य थियो भने अहिलेको साहित्य २००७ साल, २०४६ साल र २०६१ साल पनि नाघि गणतन्त्र भएको नेपालको साहित्य हो । त्यसैले अहिलेको साहित्य भनेको आम जनताको हितको ख्याल गरेर आम जनताको सुख संमृद्धि र शान्तिको लक्ष्य अगाडि राखेर निर्धक्क भएर लेखिएको साहित्य हो । वर्तमान नेपाली साहित्य शारदाकालीन साहित्यको दाजोमा जीवनको भोगाइको पृष्ठभूमिमा आम नागरिकको जीवनको जिम्मेवारीप्रति सजग भएर लेखिएको जीवनमुखी साहित्य भएको छ ।
गतपाईं समालोचक पनि हुनुहुन्छ तर समालोचना परम्पराभन्दा माथि उठ्न नसक्नुको कारण के हुन सक्छ ?
-समालोचनाको परम्परा भनेको गुण दोष केलाई मूल्याङ्कन गर्ने मान्यतालाई लिएर भन्नुभएको हो भने त्योभन्दा माथि उठ्नु भनेको के हो ? त्यसमा स्पष्ट हुनु जरुरी छ । समालोचना भनेको वास्तवमा कुनै साहित्यिक रचनालाई भित्र-बाहिर राम्रोसाग जााचीवरी त्यसमा के-कस्ता तìव छन्, त्यो के- कस्तो हो आदि केलाई त्यसको निरूपण गरेर आˆनो सम्मति दिनु हो । भन्नाले, त्यो आलोच्यवस्तु के कस्तो हो, त्यसले प्रतिपादन गरेको सत्य, तथ्य तथा वास्तविकता यथार्थ बुझेर त्यो कतिसम्म 'सत्य'छ, 'तथ्यपूर्ण' छ, यथार्थपरक छ र कलाको दृष्टिले कतिको प्रभावकारी छ विभिन्न कोणले हेरी ग्राहृय-अग्राहृय निधो गर्ने कुरा आउाछ । परम्पराबाट माथि उठ्न नसक्नुको कारण चाहिा लेखक-पाठक दुवैको चित्त नबुझ्नुमा केन्दि्रत रहेको देखिन आउाछ । लेखकलाई या त आफूले प्रस्तुत गरेको सही कुराको सहीरूपले बुझेर सही मूल्याङ्कन भइरहेको छैन भन्ने लागिरहेको हुन्छ अथवा सही कुरा सहीरूपले बुझेर पनि गलत मूल्याङ्कन भइरहेको छ भन्ने लागिरहेको हुन्छ । पाठकलाई पनि आफूले बुझेभन्दा बेग्लै किसिमले बुझिदिएर आफूलाई समालोचकले दिग्भ्रमित पारिहेको छ भन्ने लागिरहेको हुन्छ । यसको मुख्य कारण एकातिर लेखक-पाठकले आˆनो प्रतिक्रिया नजनाउनु हो भने, अर्कोतिर समालोचकले आˆनो तर्क प्रतिस्थापन गर्दा प्रमाण अथवा आधार अगि नसार्नु हो । समालोचना भनेको वास्तवमा एकातिर बहस हो भने अर्कोतिर सिर्जना र कला पनि हो । बहस भनेको तर्कातीत वा प्रमाणविहीन हुादैन । त्यसो भएमा त्यसमा समालोचकको दम्भ वा अहङ्कार मात्र बोलिरहेको प्रतीत हुनजान्छ, त्यो विश्वासजनक वा सन्तोषजनक हुादैन । सिर्जना पनि त्यसरी नै तथ्यपरक वा प्रमाणिक आधारयुक्त भएन भने सन्तुष्टि दिनेखालको हुादैन ।
आलोचनाका धेरै पद्धतिहरू छन्, गुणदोष केलाउने धेरै तरिकाहरू छन्, सिद्धान्तहरू छन्, आधारहरू छन् । ती सबैको विचार नभई खालि स्वविवेकले मात्र ग्राहृय-अग्राहृय, राम्रो-नराम्रो, असल खराब भनिदिने गर्नाले व्यक्तिपरक भई आत्मगत आलोचना हुन जान्छ । त्यसभन्दा पनि 'माथि उठेर' कुनै रचनाको आलोचना गर्ने हो भने तुलनात्मक समीक्षा हुनु समीचिन हुन्छ, जसमा अरू रचनासाग मात्र तुलना हुादैन त्यो रचनामा प्रतिपादित कुराको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, संस्कारिक, वैज्ञानिक, मनोवैज्ञानिक, स्थानिक, सामाजिक आदि यावत् कुराहरूको आधारमा प्रतिपादित तथ्यहरूसित तुलना गरी समीक्षा गरिएको हुन्छ । बरु प्रस्तुत वस्तुस्थितिको पृष्ठभूमिमा यो कति सम्भव र व्यावहारिक छ भन्ने विचारणीय छ ।
ग तपाईं लेखक/समालोचक हुनुहुन्छ, एकै व्यक्ति लेखक-समालोचक हुादा फाइदा वा हानी के हुन्छ ? कसरी ?
-लेखक पनि स्वभावतः चिन्तक, विचारक हुने भएकोले ऊ पनि हरबखत जीवन जगत्का क्रियाकलाप, वस्तुस्थितिको जानीनजानी, चिन्तन-मनन्, विश्लेषण, गरिरहने प्राणी हो । त्यसैको आधारमा ऊ लेख तयार गर्छ, साहित्य रचना गर्छ । यस हिसाबले हरेक लेखक समालोचक पनि हो । अरूले लेखेको लेख-रचनाको समालोचना गर्ने जाागर उसमा नहुन सक्छ, त्यो बेग्लै कुरा हो । समालोचकले समालोचना गर्दा यथासम्भव हरेक आधार, साधन प्रयोग गर्छ भनेझैा लेखकले पनि आˆनो लेख तयार गर्दा सबै दृष्टिले त्यसलाई सम्पन्न गर्न खोज्दछ । त्यसैले लेखक समालोचक पनि हुादा फाइदै हुन्छ, बेफाइदा हुादैन ।
ग नेपाली साहित्यमा अनुवादको स्थिति के कारणले कमजोर भइरहेछ ?
-कमजोर नै भइरहेछ भन्न त मिल्दैन होला तर लागिरहेको छ चाहिा अवश्य हो । कारण के भने जति पनि अनुवाद भएर गइरहेका छन्, आइरहेको छन्, त्यसको लेखाजोखा भएको छैन र प्रचार-प्रसार पनि भइरहेको छैन । एक अध्ययनअनुसार १८५५ देखि २०५८ सालको लगभग २०० वर्षको अवधिमा अरू भाषाबाट नेपालीमा र नेपालीबाट अरू भाषामा अनुवाद गर्नेहरूको सङ्ख्या लगभग ६०० जना देखिएको छ भने नेपाली साहित्यमाअनुवादतिर ध्यान कम गएको छ भन्न अलि मिल्दो देखिादैन, जब कि १८५० देखि २०५४ सम्मकेा उत्तिकै वर्षको अवधिमा साहित्यमा हात चलाउनेहरूको सङ्ख्या त्यो भन्दा कम नै देखिएको छ । बरु कुरा के हो भने एक्काइसौा शताब्दीको अहिलेको अवस्थामा आएर पनि देशको खुला वातावरणमा समेत अनुवादको काम धेरैजसो व्यक्तिगत रुचि र व्यक्तिगत प्रयासको भरले मात्र भइरहेको छ र कमै मात्र कुनै खास योजनामा वा सामूहिक लक्ष्य प्राप्तिको हिसाबले कुनै संस्था वा निकायमार्फत् भइरहेको छ । अर्को कुरा, बाहिरको साहित्यको अनुवाद गर्ने आकर्षण यतातिर जति छ बाहिरतिर यताको साहित्यको अनुवाद गर्ने आकर्षण कम्ती भएको देखिन्छ । कतिपय देशहरूमा आˆना लेखक-साहित्यकारहरूको जन्मशताब्दी युनेस्कोजस्ता विश्वसंस्थाहरूमार्फत् विश्वव्यापीरूपले मनाउने गरेको देखिन्छ तर हामीकहाा लेखक-साहित्यकारहरूको त्यस्तो गरी मनाउने चलन छैन । नेपाली आप्रवासीहरू त्यतातिर मनग्य पुगिसकेको अवस्थामा यसो गर्न नसकिने पनि होइन । हाम्रा यताातिरका लेखक-कविहरू कुनै पनि 'अन्तर्राष्ट्रिय स्तर' मा पुगिसकेका छैनन् कि भन्नेजस्तो हीनताबोधको भावना लुकेर बसेको भए पनि त्यसलाई पन्छाएर पाइला चाल्न आवश्यक देखिन्छ । प्रचार-प्रसार गरी बाहिरकेा पाठकको खुल्दुली मेटाई आकर्षण गर्नको लागि अरू देशबाट भई आएसरह अन्तर्राष्ट्रिय भाषामा नेपाली भाषा साहित्यको अनुवाद गराई नियमितरूपले पत्रपत्रिका चलाई उपलब्ध गराउन सके पनि अनुवाद परम्परा अगाडि बढ्न सक्छ । अनुवाद साहित्य भनेको एक्लैको व्यक्तिगत प्रयास वा रहरले मात्र सफलतापूर्वक सम्पन्न हुने कुरा होइन ।
ग नेपाली साहित्यमा भइरहेका विभिन्न प्रयोगहरूलाई कुनरूपमा लिनुभएको छ ?
-प्रयोगहरूलाई मैले सकारात्मकरूपमा लिएको छु । एक त यी प्रयोगहरूबाट हामी पनि सिर्जनशील छौा र हामी पनि नयाानयाा सोच र विचार गर्दछौा भन्ने सावित हुन्छ अर्को कुरा यी प्रयोगहरूबाट साहित्यमा लागिपरेका साधक र पाठकलाई तत्तत् समयसम्ममा भएका साहित्यिक गतिविधि, क्रियाकलाप र गति-प्रगतिको समीक्षा, पुनरावलोकन गरी अगाडि बढ्न, नयाा कदम चाल्न बल मिल्दछ । त्यसले युग र परिस्थिति अनुसार साहित्यलाई विकिसत हुादै जाने मार्ग प्रशस्त हुन्छ । यसबाट नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समाजमा घुलमिल हुन जान पनि सजिलो हुन्छ ।
ग नेपाली र नेपालभाषाको साहित्यमध्ये कुनमा तपाईंको मूल्याङ्कन राम्रो भएको जस्तो लाग्छ ?
-कुनमा बढी कुनमा घटी भन्ने कुरा त त्यस्तै हो तर दुवैमा उस्तैउस्तै माया-प्रेम र सद्भावना पाएको छु ।

Copyright © 2011 Rajeh Rai | Splashy Free Blogger Templates with Background Images, Trucks