प्राकृतिक स्रोतको भौगोलिक वितरण

Thursday, January 20, 2011


राजनीतिक गतिरोधको गाँठो नफुस्िकए पनि नयाँ नेपालको खाकाबारे बहस चलिरहेकै छ । परविर्तनको सँघारमा उभिएको मुलुकलाई कस्तो रूपरेखा दिने ? यस विषयले अझै निकास पाउन सकेको छैन । राज्यको पुनःसंरचना गर्दा त्यसको रूपरेखा कसरी तयार गर्ने, स्थानीय प्राकृतिक स्रोत र साधनको न्यायोचित बाँडफाँट कसरी गर्नेजस्ता कुरा समस्याकै रूपमा जेलिएका छन् । यिनै समस्या समाधानका लागि सहयोगी हुन सक्छ फरेस्ट एक्सन नेपालले हालै प्रकाशन गरेको पुस्तक, नेपालमा प्राकृतिक स्रोतहरूको भौगोलिक वितरणको अवस्था ः नयाँ नेपाल संरचनाको एक आयाम ।

वर्तमान राजनीतिक मुद्दासँग सम्बन्धित थुप्रै विषयहरू समेटिएकाले हुनसक्छ, भूमिकामै 'भूत लाग्नु र झाँक्री आइपुग्नु सँगै भयो' भनी पुस्तकको सान्दर्भिकतालाई स्पष्ट पारएिको छ । जैलबकुमार राईले लेखेको यस पुस्तकले नेपालको भौगोलिक, प्राकृतिक, प्रशासनिक, औद्योगिकलगायत क्षेत्रका बारेमा सचित्र विवरण पेस गरेको छ । नयाँ नेपालको खाका तयार गर्न सहयोगी हुनसक्ने प्रशस्तै आधारहरू छन्, पुस्तकमा ।

विश्वको ०.१ प्रतिशत भूक्षेत्रलाई नेपालले ओगटेको छ । तर, यो सानो परििधभित्रको जैविक, भौगोलिक र सांस्कृतिक विविधताले विश्वकै प्रतिनिधित्व गररिहेको छ । ८ हजार ८ सय ४८ मिटर उचाइको विश्वकै सर्वोच्च सगरमाथादेखि ६३ मिटरको समथल भूभाग यसभित्र अटाएको छ । हिमाल, पहाड, तराई, खोलानाला, ताल, वनजंगल, सिमसारजस्ता प्राकृतिक स्रोतको अपार भण्डार नै हो, नेपाल । तर, यहाँको प्राकृतिक स्रोत-साधनको खासै सदुपयोग हुन सकेको छैन । ठीक यही घडीमा नेपालको भूगोललाई राजनीतिक रूपमा विभिन्न संघीय एकाइमा विभाजन गरी राज्यको पुनःसंरचना गर्ने अभ्यास भइरहेको छ । तर, यस मुद्दाभित्र जति मात्रामा नागरकि तथा राजनीतिक अधिकारबारे बहस उठाइएको छ, त्यति नै प्राकृतिक स्रोत, साधन र वातावरणको विषयमा आमबहस भएको पाइँदैन । यिनै सन्दर्भहरूलाई खोतल्दै पुस्तकमा प्राकृतिक स्रोत-साधनबारे व्यापक प्रकाश पारएिको छ ।

'नेपालमा प्राकृतिक स्रोतहरूको अवस्था र न्यायोचित वितरणको सवाल' शीर्षक अन्तर्गत पुस्तकमा खेतीयोग्य जमिन, वनजंगल, जलस्रोत, खनिज पदार्थ र अन्य प्राकृतिक स्रोतहरूको तथ्यांक र अवस्थाबारे जानकारी दिइएको छ । पुस्तकको दोस्रो अध्याय 'नक्सामा प्राकृतिक स्रोतहरू' अन्तर्गत नेपालका विभिन्न भौगोलिक क्षेत्रहरूमा पाइने प्राकृतिक स्रोतहरूलाई जिल्लागत रूपमा ६७ वटा नक्सामार्फत देखाइएको छ । खेतीयोग्य जमिन, अबल जमिन, दोयम जमिन, सिम जमिन, खेती गरएिको, खेती नगरएिको, चरन, खर्क क्षेत्र, अन्य प्रकारको जग्गा, सुक्खा जग्गा आदिबारे छुट्टाछुट्टै पृष्ठमा सचित्र उल्लेख गरएिको छ, पुस्तकमा । यसैगरी विभिन्न जिल्लामा उत्पादन हुने नगदे बाली, जडीबुटी, अन्नबालीलाई पनि सचित्र प्रस्तुत गरएिको छ । भूमिकर संकलनको अवस्था, भूमिस्रोतको अवस्था, अन्नबाली, नगदेबाली र भूमिकर स्तरीकृत मानंकको अवस्था, वनक्षेत्र, विभिन्न प्रजातिका बोटबिरुवा र क्षेत्रगत रूपमा पर्यटक घुम्न आउने तथ्यांक एवं अवस्थालाई समेत चित्रसहित प्रस्तुत गरनिु पुस्तकको विशेषता हो । पुस्तकले कुन क्षेत्रमा कति विद्युत् ऊर्जाशक्ति छ, विद्युत् ऊर्जाशक्तिको वितरणको अवस्था कस्तो छ भन्नेलगायत सिञ्चित जमिनको वितरणको अवस्थाबारे पनि जानकारी दिएको छ । प्राकृतिक स्रोतका आधारमा मात्र होइन, प्रशासनिक क्षेत्रका आधारमा पनि विभाजन गरेर त्यसको अवस्था र तथ्यांक पुस्तकमा सचित्र प्रस्तुत गरनिु पुस्तकको दरलिो पक्ष हो ।

पुस्तकको तेस्रो खण्डमा प्राकृतिक स्रोतहरूलाई राज्य पुनःसंरचनासँग छुट्याएर हेर्दा आवश्यक पर्ने कुराहरूलाई बुदाँगत रूपमा समेटिएको छ । प्राकृतिक स्रोतहरूको वैज्ञानिक अध्ययन गरी यिनीहरूको आर्थिक सम्भाव्यता थाहा पाउनुपर्ने, प्राकृतिक स्रोत विनाशका कारणहरू पत्ता लगाएर रोकथाम तथा संरक्षणको उपाय अपनाउनुपर्ने, प्राकृतिक स्रोत मानव उपयोग र मूल्यका लागि मात्र नभएर प्रकृतिकै लागि पनि संरक्षण गरनिुपर्नेलगायतका कुराहरू आँैल्याइएको छ । यसैगरी राज्य पुनःसंरचनाको प्रक्रियामा संवैधानिक प्रावधानको रूपमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने कुरालाई पनि बुँदागत रूपमा समेटिएको छ । लेखकले संघहरूबीच प्राकृतिक स्रोतको बाँडफाँट र उपलब्धतामा ठूलो अन्तर हुन नहुने, सम्पूर्ण नागरकिलाई देशमा उपलब्ध प्राकृतिक स्रोतबाट प्राप्त हुने लाभको न्यायिक तथा समन्यायिक वितरणको सुनिश्चितता हुुनुपर्ने, प्राकृतिक स्रोतको व्यवस्थापन तथा उपयोगमा नागरकि सर्वोच्चता हुनुपर्नेजस्ता कुरा किटान गरेका छन् । प्राकृतिक स्रोतसँग परम्परागत ज्ञानको पहिचान, सम्मान तथा संरक्षणको सुनिश्चितता, आदिवासी जनजाति, दलित, महिला, पिछडिएका, अपांगजस्ता समुदायका लागि सकारात्मक विभेदको नीति अवलम्वन गरनिे कुरा सुनिश्चित हुनुपर्नेलगायतका कुराहरू उल्लेख गरएिको छ ।

राज्य पुनःसंरचनाका लागि पुस्तकले सहयोगी भूमिका खेल्न सक्नेमा कुनै शंका छैन । साथै, यस विषयमा रुचि राख्नेहरूका लागि त झनै उपयोगी हुनेछ । पुस्तकमा विभिन्न सन्दर्भ स्रोतको उपयोग गरेर गहिरो विश्लेषणसमेत गरएिको छ । समस्या, सम्भावना र समाधानजस्ता तीनै पक्षलाई समेट्नु पुस्तकको अर्को आकर्षक पक्ष हो ।


0 comments:

Post a Comment

Copyright © 2011 Rajeh Rai | Splashy Free Blogger Templates with Background Images, Trucks